पहिलो महिला धिमेवादकको जीवनीमाथि नेवारी चलचित्र ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

नेपाल भाषाको चलचित्र ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । चलचित्र ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।

बिके फिल्मस्को ब्यानर निर्माण हुने चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र शाक्य निर्माता हुन् । असोज १० गते बाट चलचित्र छायांकनमा जाने निर्माण टिम जानकारी गराएका छन् । चलचित्रको सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।

नेपाल भाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । चलचित्रको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ । कार्यक्रमका प्रमुख अतिथि भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति चलचित्रलाई सफलताको शुभकामना दिए ।

चलचित्रमा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ । चलचित्रमा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने चलचित्रको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।

Leave a Reply