“सम्हालिन्छ कहिले मन” लाई युनिभर्सल सर्टिफिकेट

आगामी शुक्रबार अर्थात् भदौ १७ बाट प्रदर्शनमा आउने सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएका चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउँछन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यस चलचित्रबाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् । चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । बेलायतमा ४५ दिनसम्म छायांकन भएको चलचित्रको गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो ।
त्रिकोणात्मक प्रेमकथामा यसअघि नै धेरै फिल्म बनिसकेको भएपनि यसको मेकिङ शैली अलग भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन पाउने र फिल्मले उपदेश वा शिक्षा दिदैंन मनोरन्जन दिनेमा निर्देशक थापा विश्वस्त छन् ।

Leave a Reply