असिम शाह निर्देशित म्युजिक भिडियो ‘इन्स्टाको फोटो’ सार्वजनिक (भिडियो सहित्)

कोरीबाटी पौष ३० :असिम शाह निर्देशित ‘इन्स्टाको फोटो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘जी 21 डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको छ । 

सार्वजनिक गीतमा नायक आसिफ शाह र टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरेलाई देख्न सकिन्छ । निर्देशक असिम शाहले बताए अनुसार ,”‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी 21 डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको बताए ।” यस अघि सार्वजनिक गीत ‘नाच फिरिरी’लाई दर्शकले निकै मन पराएका छन् र गीतले विभिन्न रेकर्ड राख्न पनि सफल भइसकेको छ ।  

हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । 

(भिडियो सहित्):

Leave a Reply