‘केजिएफ च्याप्टर २’को फर्स्ट लुक पोस्टर सार्वजनिक

२०१८ को सुपरहित चलचित्र ‘केजीएफ ‘ को सफलतापछि बलिउड अभिनेता यश निकै चर्चामा आएका थिए । फेरी एक पटक उनी आफ्नो रॉकी को भूमिका लिएर ‘केजिएफ च्याप्टर २’मा आउन तयार छन् । ‘केजीएफ ‘ को सफलतापछि निर्माण भएको ‘केजिएफ च्याप्टर २’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । उनी एक हातमा चुरोट र अर्कोमा कुनै ठुलो सामान तान्न प्रयोग भएको लट्ठा तान्दै मजदुर जस्ता लाग्ने मानिसलाई लिड गरिरहेका छन् ।

ठुलो बजेटमा निर्माण हुने यस चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् ।एक्शन थ्रिलर ‘केजिएफ च्याप्टर २’लाई ‘रीबिल्डिंग ए एम्पायर’को ट्यागलाईन दिइएको छ ।

‘केजिएफ च्याप्टर २’मा खलनायकको भूमिकामा सञ्जय दत्त रहेका छन् । केही समय अघि निर्माण पक्षले सञ्जय दत्त ‘अधिरा’ को रुपमा रहेको पोस्टर सार्वजनिक गरेको थियो । चलचित्रमा अभिनेत्री रवीना टण्डन, श्रिनिधी शेत्ती को पनि मुख्य भूमिका रहनेछ ।

Leave a Reply