पुष्प र श्रद्धाको ‘कृष्ण-लीला’को अष्ट्रेलिया राइट बिक्रि

प्रतिक्षित चलचित्र ‘कृष्ण-लीला’ को अष्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिदै गर्दा सर्वत्र चर्चा र चासोमा रहेको चलचित्रको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो ।

दीपक ओली निर्देशित चलचित्र फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहदै आएको छ । त्यसमाथि चलचित्रका दुई गीत-‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर..अटल वाचा गरें’ औधी हिट भएकाले देश मात्र नभइ बिदेशमा पनि ‘कृष्ण लीला’ ‘डिमाण्डेड’ भएको छ । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलीया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए । ‘रकम नखुलाउ होला,’ उनले भने, ‘अपेक्षाभन्दा बढी मुल्यमा बेचेका छौ ।’ उनले चलचित्रको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए ।

कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित चलचित्र शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

०००

Leave a Reply