शोभित निर्देशित ‘बद्री बहादुर’को अस्ट्रेलियामा प्रिमियर

शोभित बस्नेतले निर्देशन गरेको चलचित्र ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन भएको छ । चलचित्रको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर भएको छ । चलचित्रको अझै अरु शहरमा पनि शो गरिनेछ । छोरी भेट्न अष्ट्रेलिया पुगेका उनले त्यही मौकामा चलचित्र प्रदर्शनको व्यवस्था मिलाएका हुन् । चलचित्रको अष्ट्रेलिया प्रिमिएरको व्यवस्था सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलेर गरेका हुन् ।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । यो चलचित्रबाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले चलचित्रको एक गीतमा एकसाथ नृत्य गरेका छन् । कमेडी जनरामा निर्मित चलचित्रलाई यसै वर्ष नेपालमा पनि प्रदर्शन गर्ने तयारीमा शोभित छन् ।

एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायाङ्कन र समिर मियाँको सम्पादन छ । चलचित्रको काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभामा छायाङ्कन भएको हो । चलचित्रको कोभिडअघि छायांकन भएको थियो ।

Leave a Reply