जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ कात्तिक २५ मा प्रदर्शन हुने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा जितु र साम्राज्ञी प्रस्तुत छन् । पोस्टरमा जितु ढाका टोपी लगाएर नौमती बाजा बजाउँदै देखिएका छन् भने साम्राज्ञी रातो लेहंगामा बेहुली झैं देखिएकी छन् ।

डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी चलचित्रको काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

Leave a Reply