दयाहाङ र विपिनको ‘के घर के डेरा’ कात्तिक ४मा प्रदर्शन हुने

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते ‘के घर के डेरा’ प्रदर्शन हुने भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्रको गत हप्ता छायांकन सकिएको थियो । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो ।

चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।

Leave a Reply