निशा अधिकारीको चलचित्र ‘आँखा’को छायाङ्कन सुरु

चलचित्र ‘आँखा’को छायाङ्कन सुरु भएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामरा पूजा गर्दै आजबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो । सामाजिक कथामा निर्माण हुने चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । निर्देशक योञ्जनकै पटकथा रहने चलचित्रमा निशा अधिकारी, आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको मुख्य भुमिका रहने छ ।

साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीको पनि चलचित्रमा अभिनय रहने छ । आकोश शुक्लाले छायांकन गर्ने चलचित्रमा दीपक आरजेको संगीत रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाले गर्नेछन् । वि.स. २०८० मा प्रदर्शन हुने भनिएको चलचित्रलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

Leave a Reply