धुर्मुस-सुन्तली अभिनीत तथा निर्मित ‘म त मर्छु कि क्याहो’ को ट्रेलर सार्वजनिक(भिडियो)

सिताराम कट्टेल र कुञ्जना घिमिरे (‘धुर्मुस–सुन्तली’) ‘म त मर्छु कि क्याहो’ मार्फत सार्वजनिक फेरि पर्दामा फर्किने तयारीमा छन् । धुर्मुस सुन्तली निर्मित चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरलाई धुर्मुस सुन्तलीकै अफिसियल युट्युब च्यानल (धुर्मुस सुन्तली) बाट सार्वजनिक गरिएको हो ।

चलचित्रमा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ । शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको चलचित्रलाई सुवास बरालले खिचेका हुन् ।

Leave a Reply