गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित

गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ ।

सदस्य नियुक्त भएलगत्तै क्षेत्रीले ग्रामी अवार्ड २०२२ मा मतदान गर्ने अधिकार पाउनेछन्। रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य बन्न आमन्त्रण गरेको थियो, जसलाई क्षेत्रीले स्वीकार गरेका छन् ।

Leave a Reply