‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीतमा पुष्प र श्रद्धाको रोमान्स

प्रेमकथानक चलचित्र `कृष्ण लीला´ को नयाँ गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । मनाङको तिलिचो क्षेत्रमा छायांकन गरिएको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । गीतमा पुष्प र श्रद्धा रोमान्टिक रुपमा प्रस्तुत छन् र दुईको केमेस्ट्री निकै सुहाएको छ । डीआर उपाध्यायका शब्द रहेको गीतमा बाबुल गिरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गीतको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Leave a Reply