पुजा र सोनमको ‘जरुरी कुरा छ’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रोमान्टिक गीत ‘जरुरी कुरा छ’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेत्री पुजा शर्म र डेव्यु अभिनेता सोनम तोप्देन फिचर्ड छन् । भिडियोमा सोनम र पूजा रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतमा उनीहरुको केमेस्ट्री निकै सुहाएको छ । गीतलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ र पुजा र सोनामको केमेष्ट्री दर्शकले निकै रुचाएका छन्।

यो समाचार तयार गर्दा सम्म गीतले ११ लाख ३५ हजार बढि भ्युज, २ हजार ६ सय बढि कमेन्ट र ४७ हजार लाइक्स पाएको छ। सार्वजनिक गीतले चलचित्रको राम्रो हाइप निर्माण गरिदिएको छ । गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ । भिडियोमा आकाशमा उड्ने प्लेनदेखि पानीमा चल्ने जहाजसम्म र सडकमा कुद्ने कारदेखि मरुभूमिमा हिँड्ने उटसम्म प्रयोग गरिएको छ ।

Leave a Reply