क्रिस हेम्सवर्थ स्टारर ‘थोर’ नेपालमा असार २४ मा प्रदर्शन हुने

बहुप्रतीक्षित सुपरहिरो चलचित्र थोर: लभ एन्ड थन्डरको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै चलचित्रको नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ । यो चलचित्र थोर शृङ्खलाको चौथो र मार्वलको २९औँ चलचित्र हो।

चलचित्रमा क्रिस हेम्सवर्थको थोरका रुपमा मुख्य भूमिका रहेको छ भने र नताली पोर्टम्यान पनि लेडी थोरको भूमिकामा देखिनेछिन् । साथै टेसा थम्पसन, ताइका वाटिटी लगायतको पनि चलचित्रमा महत्वपुर्ण भूमिका रहेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा चर्चित हलिवुड नायक क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र ‘गोर : द गड बुचर’ को रुपमा देख्न सकिन्छ । हेम्सवर्थका अनुसार ताइका वैतिटी द्वारा निर्देशित फिल्ममा “एक क्लासिक थोर साहसिकको सबै अनुभूतिहरू छन्”। यो चलचित्र असार २४ गते नेपालका साथसाथै विश्वभर प्रदर्शन हुँदैछ ।

Leave a Reply