नीता र हरिहरको ‘ह्रस्व दीर्घ’मा सलोन बस्नेत अनुबन्धित

चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको चलचित्रको लागि मंगलवार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन् । सलोनलाई चलचित्रमा स्वागत गर्न पाउँदा उत्साहित भएको नीताले फेसबुकमा उल्लेख गरेकी छिन् ।

चलचित्रलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्दैछन्। चलचित्रको मुख्य भूमिकामा रियल लाइफमा पनि प्रेममा रहेका नीता र हरिहर फिचर्ड हुँदैछन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ ।

Leave a Reply