‘मैले आई लभ यू भन्नै सकिनँ’को ट्रेलर र गीत सार्वजनिक, चैत्र २५मा प्रदर्शन हुने(भिडियो)

चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’को प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत सार्वजनिक भएको छ । चलचित्र आगामी चैत्र २५ मा प्रदर्शन हुने छ । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । गीतमा दीपक रमनको शब्द तथा संगीत छ । गीतको भिडियोमा कलाकारहरु सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, स्वर्गीय जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायतले नृत्य गरेका छन् । गाउँमा लाग्ने मेलाको सेटअपमा खिचिएको गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

ट्रेलर हेर्नुहोस्

शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको चलचित्रको असिस्टेन्ट डाइरेक्टरमा प्रणव सुवेदी छन् । चलचित्रमा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ । शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् ।

गीत हेर्नुहोस्

Leave a Reply