आलियाको २९औं जन्मदिनमा ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक

बलिउड अभिनेत्री आलिया भट्ट आज आफ्नो जन्मदिन मनाउँदैछिन् । अभिनेत्री आज २९ वर्षकी भएकी छिन् । मंगलबार जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आलिया इशाको भूमिकामा देखिएकी छन्।

३१ सेकेन्डको टिजरले ईशा बनेकी आलियाको फरक मुडको झलक देखाएको छ । आलियाको यो फर्स्ट लुक भिडियोमा रणवीर कपूरको झलक पनि छ जसमा आलियाले उनलाई आफ्नो नजिक समातेको देखिएको छ । प्रेममा रहेका आलिया र रणवीर पहिलो पटक ठूलो पर्दामा यही चलचित्रमार्फत देखिँदै छन् । भिडियोमा हामी आलियाका विभिन्न अवतारहरू देख्छौं, तर उनको चरित्रको बारेमा धेरै खुलासा गरिएको छैन। यो चलचित्रमा रणवीर एक सुपरहिरोको अवतारमा देखिने जनाइएको छ ।

एक पौराणिक कथामा आधारित ‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा उपलब्ध हुनेछ । आयन मुखर्जीले निर्देशन गरेको यो चलचित्र सन् २०२२ को सेप्टेम्बर ९ मा प्रदर्शन हुने छ । फक्स स्टार स्टुडियोले निर्माण गरेको यो चलचित्रमा आलिया र रणवीरसँगै अमिताभ बच्चन, मौनी रोय र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा छन्। साथै, आलियाको एसएस राजामौलीको आरआरआर र करण जोहरको रकी और रानी की प्रेम कहानीमा पनि प्रदर्शनको तयारीमा छ । उनी अभिनित ‘गंगुबाई काठियावाडी’ले सबैको मन जितिरहेको छ ।

Leave a Reply