कृपा पौडेल बनिन् ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को विजेता

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को पहिलो सिजनको विजेता कृपा पौडेल बनेकी छिन् । आइतबार बिहान २ बजे सम्पन्न ग्राण्ड फिनालेबाट पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा उनी दर्शक तथा श्रोताको भोटिङको आधारमा विजेता घोषित गरिएको जानकारी दिइएको छ । झापा विर्तामोडकी कृपा विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

प्रतियोगितामा आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए । ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको गायन रियालिटी शोको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना गायक–गायिका ग्राण्ड जुरीको भूमिकामा थिए ।

Leave a Reply