नवाजुद्दीन सिद्दीकीले लिए आइटम गर्लको अवतार, कंगनाले शेयर गरिन् तस्विर

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो दमदार अभिनयले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनले सबै प्रकारको अभिनय गरेको हामीले देखेका छौं । नवाजुद्दीन आफ्नो भूमिकामा पूर्ण रूपमा डुबेका छन् । नवाजुद्दीनले हरेक किसिमको भूमिका राम्रोसँग निभाएका छन्, चाहे त्यो कमेडी भूमिका होस् वा सिरियलमा प्रहरी वा नायक खलनायक। तर पहिलो पटक नवाजुद्दीन सिद्दीकी फरक भूमिकामा देखिएका छन् ।

नवानुद्दीन आइटमगर्लको रुपमा देखिने भएका छन् । सिद्धीकी चलचित्र ‘टीकु वेड्ट शेरु’ मा आइटम गर्लको रुपमा देखिन लागेका हुन् । अभिनेत्री कंगना रनौतले आफ्नो सामाजिक सञ्जालमा नवाजुद्दीन सिद्दिकीको केही तस्विर शेयर गरेकी छिन् । यो देखेर सबै अचम्ममा परेका छन् । ती तस्बिरहरूमा नवाजुद्दीनले गाउन लगाएको देखिन्छ। यसमा सिद्दिकीको लामो कपाल छ र उनी ठ्याक्कै केटीजस्तै देखिन्छन् ।

यो तस्बिर सेयर गर्दै अभिनेत्री रनौतले ‘सो हट’ लेखेकी छन् र नवाजुद्दीन सिद्दीकीलाई पनि तस्विरसँग ट्याग गरेकी छिन् । यससँगै कंगनाले तस्विरसँग श्रीदेवीको चर्चित गीत बिजली गिराने मै आयी हुँको क्याप्सनमा लेखेकी छिन् । रनौतले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट शेयर गरेको तस्विर उनकै चलचित्रको हो । अर्थात् यो चलचित्रको निर्माता कंगना रनौत आफैं हुन् । यो चलचित्रको घोषणा कंगना रनौतले गत वर्ष मात्रै गरेकी थिइन् । जसको सुटिङ अहिले भइरहेको छ । कंगनाकै प्रोडक्सन हाउस मणिकर्णिका फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र साई कविरले निर्देशन गरिरहेका छन् । कंगना पहिले इरफानलाई यो चलचित्रमा कास्ट गर्न चाहन्थिन् तर उनको मृत्युपछि उनले नवाजुद्दीन सिद्दिकीलाई कास्ट गरिन् ।

Leave a Reply