केकीको ‘सिल्ली फो’को छायांकन सम्पन्न

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘सिल्ली फो’को छायांकन सम्पन्न भएको छ ।  केकीको जन्मदिन (शुक्रवार) को अवसर पारेर निर्माण टिमले चलचित्रको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपास भएको हो ।

राजबहादुर सानेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ । चार बदमासको कथामा भन्ने चलचित्रको मुल कथा केकीको वरिपरी घुम्ने बताईएको छ ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा मनोज डिके र सह-निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । चलचित्रमा दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रुपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ को कथा पूर्ण कमेडी रहेको बताएका छन् ।

 

 

 

 

Leave a Reply