पूजा बनिन् आकाशको ‘झुम्कावाली’(भिडियो)

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘झुम्कावाली’ बोलको गीतमा मेलिना राई र मिलन अर्यालको स्वर रहेको छ । गीतमा सुजन रेग्मीको शब्द, मिलन अर्यालको संगीत छ । मिलन र सुजन इन्जियिनर हुन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा पूजा र आकाशको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । भिडियोमा पुजा र आकाशको जोडी सुन्दर देखिएको छ साथै केमिस्ट्री पनि निकै जमेको छ ।निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी रहेको भिडियोमा वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र सुबोल थापाकोे कोरियोग्राफी छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply