६ करोड लगानीमा ‘रबर सिटी’ बनाउँदै चलचित्र ‘बुलबुल’का निर्देशक

चलचित्र  ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । करिब ६ करोडको लागतमा  उनले ‘रबर सिटी’ निर्माण हुन लागेका हुन् । ‘रबर सिटी’का लागि उनले मुख्य कलाकार पनि अनुबन्ध गरेका छन् ।

हाल अमेरिका रहेका निर्देशक पौडेलले शुशांक मैनालीलाई मुख्य भूमिकामा अनुबन्द गरेका हुन् । शुशांकले चलचित्र साइन गरिसकेका छन् । चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

अंकित पौडेलले खिच्ने चलचित्रको कथा निर्देशक पौडेलको हो ।  अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो । ‘रबर सिटी’ ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।

Leave a Reply