असोज ०७ | जन्मजयन्ती राष्ट्रकवि माधवप्रसाद घिमिरे |

#सन्दर्भ: असोज ०७ | जन्मजयन्ती |
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो भने २०७७ साल भाद्र २ गते निधन भएको छ ।

#शिक्षा:
६ बर्ष उमेर हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालाबाट उनले प्रथमा उत्तीर्ण गरि भारतको बनारसमा रहेको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।

#पेशागत_जीवन:
१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा बि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका घिमिरे बि. सं. २००५ सालमा आईपुग्दा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि भए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र बि. सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यस पछि बि. सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए । यस सँगै बि. सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

तस्विर र स्रोत: तस्वीरमा नेपाल

Leave a Reply