बलिउड नायक अक्षय कुमारकी आमाकाे मृत्यु

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ । सामाजिक संजालमा अक्षयले भावनात्मक स्ट्याटस पोस्ट गर्दै लेखेका छन्, ‘आज म असहनीय पीडा महसुस गरिरहेको छु । मेरी आमा श्रीमती अरुणा भाटिया शान्तिपूर्वक आज बिहान यो संसार छोडेर अन्य संसारमा मेरो बुबासँग मिल्न पुग्नुभएकाे छ । म तपाईंहरू सबैको प्रार्थनाको सम्मान गर्छु । ओम शान्ति ।’अक्षयकी आमा अरुणा लामो समय देखि बिरामी थिइन् । शुक्रबार स्वस्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईस्थित हिरानन्दानी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

Leave a Reply