प्रदिप भन्छन् –“विना प्रचार सहयोग गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ?

नायक प्रदिप खड्काले एक कोल्ड ड्रिक्सको विज्ञापन गर्दै सामाजिक संजालमा तस्वीर पोष्ट गरेपछि अहिले यसलाई लिएर आलोचना र सवाल जवाफ पनि भैरहेको छ । कोरोना महामारीको समयमा पनि जनताको साथमा नदेखिएको भन्दै नायक खड्काको आलोचना भएको छ । केही दर्शकले यस्तो समयमा जनतालाई सहयोग नगरी उल्टै कोल्ड ड्रिक्सको प्रचार गरेर पैसा कमाउन तल्लिन भएको भन्दै उनको आलोचना गरेका छन् । उनै, प्रदिपले यसमा जवाफ दिदै लेखेका छन्–‘अक्षरस जाने हो भने भगवानले सहयोग गर्ने हो, भवगानलाई सहयोग आवश्यक पर्छ ? भावानात्मक रुपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्न पर्छ । विना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’

प्रदिपले आफू राष्ट्रमा परेको भिषण परिस्थितीमा पनि आफू घरमा लुकेर नबसेको जवाफ दिएका छन् । उनले लेखेका छन्–‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु । भाइरस आज होला, क्यान्सर पहिलादेखि नै थियो । भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधी पत्ता लगाउने पन िकम हुँदैनन् । ‘प्रेमगीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस् । प्रचार नगर्दा योगदान मुल्यांकन हुन्न भने मेरो भन्नु केही छैन ।’

Leave a Reply