उर्वशी रौटेलालाई मनपर्ने ‘माटो थेरापी’

बलिउड नायिका उर्वशी रौटेला आफ्नो एक तस्विरका कारण अहिले निकै चर्चामा छिन् । उनको तस्विर सामाजिक सन्जालमा चर्चाको बिषय बनेको छ । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । साथै क्याप्सन लेखेकी छन्– ‘मेरो फेभरेट माटो स्पा, माटो थेरापी । माटोको थेरापी गरेको तस्वीर पोष्ट गर्दै यसले शरीरलाई शुद्ध राख्ने उल्लेख गरेकी छिन् । माटोको थेरापी आफ्नो मनपर्ने थेरापीमध्ये एक रहेको भन्दै उर्वशीले बेलिएरिक समुन्द्रको तटको माटोको आनन्द लिइरहेको उल्लेख गरेकी छिन् । उनले, यो माटोमा पाइने खनिजले छालालाई राम्रो गर्ने पनि बताएकी छिन् ।

Leave a Reply