गायक दीप श्रेष्ठलाई संगीतकार संघको दुई लाख सहयोग

गायक दीप श्रेष्ठलाई सङ्गीतकार सङ्घ नेपालले दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना सङ्क्रमित भई दुई साताको अस्पताल बसाइपछि केही दिनअगाडि मात्रै घर फर्किएका छन् । कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्चस्वरुप सङ्घको सङ्गीतकर्मी कल्याणकारी कोषबाट उक्त रकम दिने निर्णय गरिएको हो । सङ्गीतकर्मी कल्याणकारी कोषबाट सङ्गीतकार सङ्घले यसअघि पनि स्रष्टाहरुलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply