सलमानको ‘टाइगर ३’ मा इमरान खलनायक

बलिउड चलचित्र ‘टाइगर ३’ ब्लक–बस्टर सिरिज ‘टाइगर’को तेस्रो भाग हो । ‘टाइगर ३’ को आधिकारिक निर्माण घोषणा हुन बाँकी नै छ तर केही समययता चलचित्र लाई लिएर एकपछि अर्को खबर बाहिरिँदै आएको छ । अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफले केही महिना अगाडिदेखि नै चलचित्रको सुटिङ यशराज स्टुडियोमा सुरु गरिसकेको भारतीय मिडियामा उल्लेख छ । धेरैपटक सलमान र कटरिनालाई यशराज स्टुडियोमा एकसाथ देखिएपछि यस्तो अनुमान लगाइएको थियो ।

यसैबीच चलचित्रको खलनायक पात्रका लागि अभिनेता इमरान हासमीको नाम चर्चामा आएको छ । भारतीय मिडियाको रिपोर्टका अनुसार ‘टाइगर ३’ मा इमरान हासमी पाकिस्तानी एजेन्टको भूमिकामा देखिने छन् । चलचित्रमा उनको नाम ‘आतिश’ हुनेछ । चलचित्र का लागि इमरानले दुई वर्षदेखि मेहनत गर्दै आएका छन् । नयाँ लुक्स र सिक्स प्याक्ससहित चलचित्रमा सलमानसँग इमरानको सर्टलेस एक्सन पनि हुनेछ । चलचित्रलाई मनिष शर्माले निर्देशन गर्दै छन् ।

Leave a Reply