एसिया कप क्रिकेट फेरि स्थगित गर्ने तयारी

सन् २०२१ को लागि निर्धारित एसिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भावना बढेको छ । एसिया कपमा सहभागी हुने चार वटा प्रमुख टोली सन् २०२१ को अन्त्यसम्म आ–आफ्नै क्रिकेट तालिकामा ब्यस्त रहँदा एसिया कप ओझेलमा परेको हो । एसिया कपको आगामी संस्करण टी–ट्वान्टी स्वरुपमा हुने तय गरिएको छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि सेप्टेम्बर २०२० मा पाकिस्तानले आयोजना गर्ने एसिया कप कोरोना महामारीले स्थगित गरी जुन २०२१ मा श्रीलङ्काले आयोजना गर्ने जनाएको थियो । पाकिस्तानले आयोजनाको प्रत्योजन श्रीलङ्कालाई हस्तान्तरण गरेको थियो । उसले सन् २०२० को एसिया कप आयोजना गर्ने शर्त राख्दै यस प्रकारको निर्णय लिएको थियो ।

एसिया कप क्रिकेट २०२१ को संस्करणको आयोजना श्रीलङ्काको जिम्मामा रहेको छ । श्रीलङ्काले भने अझै एसिया कप आयोजना हुने बताउँदै आएको छ । तर श्रीलङ्का क्रिकेट टोलि आफैँ भने अन्तर्राष्ट्रिय द्विपक्षीय श्रृङ्खला खेल्न ब्यस्त देखिएको छ । वर्षको मध्यतिर एसिया कप आयोजना हुने अनुमान गरिएको थियो । तर श्रीलङ्काले घरेलु क्रिकेट लिग लङ्का प्रिमियर लिग खेल्ने तयारी गर्दै छ । एलपिएल आगामी अगष्ट महिनामा हुनेछ ।

Leave a Reply