विल्सन बिक्रमले गरे प्रियंकाका लागि ‘मरिहत्ते’ (भिडियो सहित)

गायिका प्रशना पाण्डेको नयाँ गीत “मरिहत्ते” को म्युजिक भिडियो सार्बजनिक भएको छ । 

ओएसआर डिजिटलले युट्युवमा सार्वजनिक गरेको म्युजिक भिडियोले चर्चा पाएसंगै प्रशन्नाको साँगेतिक व्यक्तित्व समेत उँचो बनेको छ ।
 
भुपेन्द्र खड्काको शब्द तथा हरि लम्सालको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ धुलिखेल स्थित मिराबेल रिसोर्टको आकर्षक लोकेसनमा नबराज उप्रेतीले सुब्रतराज उप्रेतीको निर्देशनमा छायांकन गरेका हुन् । 
आफ्नो मायालाई आफ्नै वरिपरी राख्न जतिसुकै मरिहत्ते गर्दा पनि अन्तै नजर लगाउन नछोडेको भावलाई प्रशन्नाको सुमधुर स्वरमा प्रस्तुत गरिएको छ भने गीतको भावलाई चिर्चित नायिका प्रियंका कार्की तथा विल्सन बिक्रम राईको दमदार नृत्य र अभिनयले चित्ताकर्षक बनाएको छ ।
 
पृथक आवाजमा गाउने शैली भएकी यी गायिकाले तिन र्दजन गितमा आफनो आवाज दिइसकेकी छिन।

Leave a Reply