वर्षा सिवाकोटी लेख्छिन्–‘केही समय अगाडि म पनि डिप्रेशनमा थिएँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै यतिबेला ‘परिवारवाद र नातावाद’ हाबी भएका कारण कलाकारहरु डिप्रेशनमा जाने गरेको बिषयमा पनि प्रश्न उठेको छ ।यसैबीच नायिका वर्षा सिवाकोटीले चलचित्र क्षेत्रमा हुने गरेको ‘परिवारवाद र ग्रुपिज्म’का कारण असर पर्ने गरेको बताएकी छिन् । मंगलबार बिहान सामाजिक संजालमा स्टाटस लेख्दै वर्षाले भनेकी छिन्–‘परिवारवाद सबैतिर हुन्छ, चलचित्र नगरीमा मात्र होइन । चलचित्र नगरी छर्लङ्ग भएकाले यो देखिएको हो । सत्य बोल्ने आँट कमैसँग मात्र हुन्छ । यस्तो कुरा बोल्दा करिअरमा असर पर्छ, कामको अभाव हुन सक्छ भन्ने धेरैलाई सोच्छन् । तर, परिवारवादले मात्र चलचत्रि क्षेत्र रुमल्लिएको छैन ।

वर्षाले आफूले यी सबै कुरा भोगेको बताएकी छिन् । उनले लेखेकी छिन्–‘यहाँ नाम एउटै भएका कारण तुलना हुन्छ । जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कती ठाउँमा मलाइ मानसिक पीडा भएको मेरो नजिकका केही बाहेक कसैलाई थाहा छैन । केही समय अगाडि म पनि डिप्रेशनमा थिएँ ।

हेर्नुहोस् वर्षाले लेखेकी पुरा स्टाटस :

Leave a Reply