आमिर खानको ‘लाल सिंह चढ्ढा’को कथामा कोरोना माहामारी समावेश गरिने

बलिउडका चर्चित अभिनेता आमिर खानको भूमिका रहेको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’मा कोरोना संकट देखाइने भएको छ ।
‘लाल सिंह चड्ढा’ हलिउड स्टार टम ह्याक्सको हलिउड चलचित्र ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो । यो चलचित्रले अस्कार अवार्ड समेत जितेको थियो । चलचित्रको कथा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कहानीमा आधारित रहेको छ । यसैले पनि यो चलचित्रको निर्माण पक्षलाई कोरोनाको कथा समावेश नगर्दा चलचित्र अपुरो हुने लागेपछि कथामा नयाँ विषय थप्न लागिएको हो । लकडाउन हटेपछि कथामा नयाँ विषय थप गरेर छायांकन सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ।

चलचित्रमा अभिनेत्री करीना कपुरले आमिरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । आमिर खान प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई आमिरकी पत्नी किरण रावले निर्माण र अद्धैत चन्दनले निर्देशन गरेका हुन् ।

Leave a Reply