अक्षयले पीपीइ र मास्क बनाउन गरे ३ करोड सहयोग

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ ।अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्नका लागि सहयोग कोष नै बनाएका छन् ।यो कोषको निर्माण भएसँगै भारतका विभिन्न व्यक्तिहरुले सहयोगको हात पनि अगाडि बढाएका छन् । अभिनेता अक्षय कुमारले गएको हप्ता प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका थिए ।

यसबीच, उनले बीएमसीलाई तीन करोड रुपैयाँ डोनेट गरेका छन् । पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । अक्षयले पैसा सहयोग गरेको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत् दिएका छन् । उनले लेखेका छन्, ‘पीएम केयर फन्डमा २५ करोड डोनेट गरेपछि अक्षय कुमारले बीएमसीलाई तीन करोड दिएका छन् ।’ कोरोना भाइरसको त्रासका कारण आफू अभिनीत चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित भएपछि अक्षय अहिले घरभित्रै सीमित छन् ।

Leave a Reply