गायिका कनिकाको कोरोनाको छैटौं रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूर अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । मार्च ९ मा लण्डनबाट फर्किएकी केही दिनपछि गायिका कनिका कपुरमा कारोना भाइरसको संक्रमण देखिएको थियो । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए ।

तर, अब कनिकाको छैटौं रिपोर्ट भने नेगेटिभ आएको छ । योसँगै उनका आफन्त खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने गर्ने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्छ । कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ ।

Leave a Reply