कोरोनाविरुद्धको सन्देशमुलक गीतमा मह जोडीदेखि दीपकदीपासम्म(भिडियोसहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ । सरोज ओलीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । गज्जब टिभीको अफिसियल युट्युब च्यानल मार्फत कोरोनाविरुद्धको सन्देशमुलक गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला,सुनिल थापा ,सरोज खनाल ,सरिता लामिछाने , शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, कमला रेग्मी ,इन्द्रजीत चौलागाईंले कोरोना भाइरसबाट सचेत रहन अपील गरेका छन् । शंकर धितालको निर्देशनमा बनेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् भने, शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो ।

Leave a Reply