बलिउड गायिका कनिका कपुरमा कोरोना संक्रमण

बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो ।

उनी केही दिन अगाडि मात्र बेलायतमा फर्किएको भारतीय टेलिभिजन एबीपी न्यूजले उल्लेख गरेको छ । केही भारतीय मिडियाले भने कनिकाले आफ्नो संक्रमणको बिषयमा लुकाएको समेत उल्लेख गरेका छन् । गायिका कनिकाले जुगनी, चिट्टिया कलैयाँ, देशी लुकलगायतका कयौं चर्चित गीतहरु गाइसकेकी छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का कारण भारतमा अहिलेसम्म चार जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply