‘महाजात्रा’को ट्रेलरमा कालो धन लुकाउन दौडधुप

आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । चलचित्रमा हरिवंश आचार्यले नकारात्मक भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।

सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ट्यागलाइन ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने छ । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ ।
फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरुमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

Leave a Reply