रेखा, पूजा र बेनिशा स्टारर ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । बिहिबार सार्वजनिक मर्मस्पर्शी गीतमा चलचित्रका तीन शीर्ष अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्मासहित मुकुन भुसाल र सुष्मा कार्की पनि फिचर्ड छन् । सार्वजनिक गीत भिडियोमा चलचित्रका चल अचल दृश्य समावेश गरिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखाको मुकुन, पूजाको समर्पण जंग कार्की र बेनिशाको तेज गिरीसँग जोडी बाँधिएको छ । फिल्ममा शिशिर राणा, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ आदिको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

Leave a Reply