‘परदेशी २’को ‘परदेशी छुकछुके रेलैमा’ गीतमा प्रकाश र केकीको छमछमी

दशैंको अवसर पारेर असोजको २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को नयाँ सार्वजनिक गरिएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीतमा निर्देशक रायमाझी, तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ भने शब्द रचना तथा संगीत निर्देशक रायमाझी र प्रेमदेव गिरीको छ । गीतमा फिल्मका प्रमुख तीन कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङ फिचर्ड छन् ।

रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार आदिको पनि नृत्य छ ।

‘परदेशी २’मा वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लु आदिको पनि विशेष भूमिका छ । राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा रमेश बिजीको लेखन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Leave a Reply