चलचित्र ‘हात्तीछाप’को डबिङ सुरु

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को डबिङ सुरु भएको छ । निर्माणपक्षले शनिबारबाट फिल्मको डबिङ सुरु गरेको हो । यो चलचित्रका निर्माता किरण नेपालीका अनुसार एक सातासम्म फिल्मको डबिङ हुनेछ । यसपछि, फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माणपक्षको छ ।

फिल्मको पहिलो दिनमै कलाकार बुद्दि तामाङले डबिङ गरिरहेका छन् । बुद्दिले फिल्मको छायांकनमा निकै रमाइलो भएको भन्दै डबिङमा पनि झनै मज्जा आएको बताए । उनले, फिल्म हेरेर दर्शकले पनि मनोरञ्जनले लिने पक्का गरेका छन् । यो फिल्मको अधिकांश देशमा प्रदर्शन अधिकार समेत विक्री भैसकेको छ ।

Leave a Reply