अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ सञ्चालन गर्ने(भिडियो)

सुपरस्टार अभिनेता शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।

उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जीवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन् ।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ वर्षको अनुभव सेयर गर्नेछन । उनले प्रोमोमा भनेका भावुक हुदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिनँ । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकु ।’

Leave a Reply