आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण वैशाखमा हुने

आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । आयोजकले मंगलबार एक विज्ञप्ति जारी गर्दै तेस्रो संस्रकणका लागि गीत दर्ता गर्न आवाहृन गरेको हो । आफ्ना सिर्जना गीतसंगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गीतहरू दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी दिए। २०७८-७९ मा सार्वजनिक भएका गीत-संगीतले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।

आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड-२०२३’ आगामी वैसाख-२०८० भित्र काठमाडौंमा गरिने भएको छ । क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ । कलाकार समेत रहेका चन्दको अध्यक्षतामा हुने अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित छन् ।

Leave a Reply