विपिन र सौगातको ‘भष्मे डन’मा भित्रिइन् स्वस्तिमा खड्का

चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको अभिनेता विपिन कार्कीको लोकप्रिय पात्र ‘भष्मे डन’ माथि निर्माण हुने चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र स्वस्तिमाबीच कागजी सम्झौता भएको हो।

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाको चरित्रलाई पनि स्पिन-अफमा ल्याउने तयारी छ । अभिनेता खगेन्द्र लामिछानेले स्क्रिप्ट लेखिरहेको चलचित्रको आगामी फागुन १२ गतेबाट छायांकन सुरु हुनेछ ।

Leave a Reply