‘परदेशी २’ मा वर्षा सिवाकोटी र प्रकाश सपुतको जोडी ?

वि.स २०७२ सालमा रिलिज भएको चलचित्र परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ निर्माण गर्न लागिएको हो । चलचित्रमा मुख्य अभिनेताको रुपमा गायक प्रकाश सपुतले अभिनय गर्दैछन् । फाल्गुनको दोश्रो साताबाट छायांकन हुने चलचित्रको निर्देशन नारायण रायमाझीले गर्नेछन् ।

चलचित्रको निर्माण पक्षले लामो समयदेखि मुख्य अभिनेत्रीको खोजीमा रहेको थियो । निर्देशक रायमाझीले मुख्य अभिनेत्रीको रुपमा वर्षा सिवाकोटीलाई फाइनल गरेका हुन् । चलचित्रका बिषयमा कुरा भएको भएपनि चलचित्रमा काम गर्ने वा नगर्ने बारे केही बोलेकी छैनन् । यसबारे निर्माण पक्षले पनि केही खुलाएको छैन । उनले भर्खर चलचित्र ‘चालबाज’को छायाङ्कन सकाएकी छिन् ।

चलचित्रमा रोजगारीको सिलसिलामा परदेश गएका युवाहरुको कथाव्यथामा आधारित रहेको बताइन्छ । चलचित्रमा प्रकाशका साथै उनका भाइ देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका थियो ।

Leave a Reply