‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ ब्याण्डको २० वर्ष पूरा

नेपाली लोकप्रिय रक एण्ड रोल ब्याण्ड ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ले आज जनवरी २ आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ ।  सांगीतिक यात्रा दुई दशक पुगेको अवसरमा सामाजिक संजाल मार्फत ब्याण्डले सबैलाई धेरै धेरै धन्यवाद दिँदै लेख्छन्,  ‘रक एण्ड रोल को २० वर्ष । हाम्रो यात्राको हिस्सा भएकोमा धन्यवाद । पुरस्कारहरु हाम्रा लागि दुर्लभ थिए तर २० वर्षपछि पनि यहाँ उभिनसक्नु वास्तवमै हामीले सोच्न सक्ने सबैभन्दा ठूलो सम्मान हो’ ब्याण्डले भनेको छ । ‘हामी २० वर्षको सम्झनामा एल्बम रेकर्ड गर्दैछौं र यो वर्ष धेरै भ्रमण गर्नेछौं । यहाँ रक एण्ड रोल छ र दशकौंसम्म हामीसँगै बसेका मानिसहरु पनि यहीँ छन् । हामी हार्दिक कृतज्ञ छौं’।

अभया सुब्बा ब्याण्डकी संस्थापक र व्यवस्थापक समेत हुन् । लिड गिटारिस्ट रिन्छेन पाल्जारले सन् २००४ मा ब्याण्ड ज्वाइन गरेका थिए । अर्का गिटारिस्ट नवीन लामालाई अभयाले स्प्राइट ब्याण्ड च्यालेन्ज नामक एक रियालिटी शोको क्रममा भेटाएकी थिइन् । ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ ब्याण्ड २० वर्षमा प्रवेश गरेको यो विशेष अवसरमा, सम्पूर्ण कोरीबाटी टिमको तर्फबाट ‘दि एक्स ब्याण्ड’लाई हार्दिक बधाई ।

Leave a Reply