‘फूलबारी’को ‘माया रैछ र भर रैछ नि’ गीतमा पारिवारिक प्रेमको आभास

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।

यस्तै गीतले पारिवारिक खुसिसंगै पिडापनि झल्काएको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलपनि पनि आवाज दिएकी छन् ।

Leave a Reply