साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा माया, प्रेम र बदलाको कथा प्रस्तुत छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको शुक्रबार सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

रमेश एमके पौडेल निर्देशित चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु चलचित्र हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ । साम्राज्ञी र पुष्पको ‘मारुनी’पछि यो दोस्रो सहकार्य हो ।

Leave a Reply