चलचित्र ‘दि कर्मा’ को ‘साना साना सपना’ बोलको गीत रिलिज (भिडियो सहित)

आगामी माघ १७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी चलचित्र ‘दि कर्मा’ को नयाँ ‘साना साना सपना’ बोलको गीत रिलिज भएको छ । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ ।

मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको गीतका रचनाकार मानस बिक्रम थापा हुन् । गीतको भिडियोमा कलाकारहरु जय राज राय र संगीता नापित फिचर्ड छन्। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

नेपालको तराई क्षेत्रमा छायांकन भएको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको चलचित्रमा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् ।

सारदा खड्का अर्याल सह-निर्माता रहेको चलचित्रमा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन छ । ‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको बताईएको छ ।

Leave a Reply