नम्रता र भोलाको ‘डेसान’को सेन्सर पास

सामाजिक विषयमा निर्माण गरिएको चलचित्र ‘डेसान’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले चलचित्रलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । निर्देशक कमल एक्चै मगरले चलचित्र सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले सेन्सर पास भएको प्रमाण पत्रका साथ लेखका छन्, ‘युनिभर्सल प्रमाण पत्रका लागि सेन्सर बोर्डप्रति अभारी छौं ।’

आगामी मंसिर २३ गते अर्थात् शुक्रबारबाट प्रदर्शन हुने कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, नवअभिनेता निशान चौहान, नवअभिनेत्री पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको चलचित्रले दर्शकलाई नौलो स्वद पस्कने दावी निर्देशक मगरको छ । निकै असहज परिस्थितमा छायांकन गरिएको चलचित्रप्रति यसका कलाकारहरु पनि आशावादी छन् ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

Leave a Reply