नेपाली पब्जी टिम डिआरएस गेमिङ ग्लोबल च्याम्पियनसिपको फाइनलमा

नेपालको पब्जी टिम ‘द रियल सोल्जर्स’ (डीआरएस) गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को अन्तिम चरणमा प्रवेश गरको छ। डिआरएसले च्याम्पियनसिपको अंक तालिकामा शीर्ष पाँचभित्र स्थान बनाएसँगै फाइनल चरणमा स्थान बनाएको हो। डिआरएसले १२ खेलबाट ३८ एलिमिनेस अंक र एक चिकेन डिनरसहित जम्मा १११ अंक ल्याउन सफल भयो। जससँगै डिआरएसले चौथो स्थान हासिल गर्यो । अन्तिम चरणमा छनोट भएसँगै डिआरएसले एक करोड रुपैयाँ बढी रकम प्राप्त गर्नेछ।

फाइनल चरणका खेल आगामी महिना इन्डोनेसियामा हुनेछ। फाइनल चरण इन्डोनेसियाको राजधानी जाकर्तामा आगामी जनावरी ६ देखि ८ सम्म हुनेछ। यो प्रतियोगितामा नेपालको अर्को टोली ट्रेन टु किल (टि२के)ले पनि सहभागिता जनाउनेछ। आइतबार सम्पन्न एल्लो ग्रुपको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको थियो।

डीआरएस गेमिंग सन् अगस्त २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । २०२० मै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीआरएस नेपालकै मुख्य पब्जी टिम हो । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको दुबईमा भएको ग्लोबल च्याम्पियनसिपमा भने टोली २० औं स्थानमा परेको थियो ।

Leave a Reply